राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपा नेतृत्वको वर्चस्व | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपा नेतृत्वको वर्चस्व

rastrya sava

काठमाडौं, १० माघ । राष्ट्रिय सभाको १८ सिटका लागि भएको निर्वाचनमा सत्तारुढ नेकपा नेतृत्वको गठबन्धन विजयी , १६ सिटमा नेकपा र २ सिटमा राजपाका उम्मेदवार निर्वाचित  भएका छन् ।

१८ पदका लागि बिहिबार भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । विपक्षी नेपाली कांग्रेस एकसीट पनि जितेन । निर्वाचनपछि राष्ट्रियसभामा रहेका कांग्रेसका ७ जना सांसदको सीट घटेको छ । अन्तिम चुनावी परिणाम अनुसार गण्डकी प्रदेशबाट राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा नेकपाका प्रवक्ता समेत रहनु भएका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रदेश १ बाट नेकपाकी इन्दिरा गौतम , गोपी अछामी र देवेन्द्र दाहाल, प्रदेश २ बाट नेकपाका तुलसा दाहाल, र राधेश्याम पासवान, तथा राजपाका मृगेन्द्र कुमार सिँह र शेखर कुमार सिँह निर्वाचित हुनु भएको छ । बागमती प्रदेशबाट वेदुराम भुसाल र गंगा बेलबासे , प्रदेश ५ बाट नेकपाका गोपाल भट्टराई, जगप्रसाद शर्मा र बिमला घिमिरे निर्वाचित हुनु भएको छ । कर्णाली प्रदेशबाट नेकपाका मायाप्रसाद शर्मा र सुमित्रा बिसी निर्वाचित हुनुभएको छ ।

यसैगरी सुदूर पश्चिम प्रदेशबाट नेकपाका तारामान स्वार र शारदा भट्ट निर्वाचित हुनुभएको छ । निर्वाचनमा ५ सय ५० प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख र अध्यक्ष उपाध्यक्ष १ हजार ५ सय ६ जना सहित कुल २ हजार ५६ जना मतदाता रहेकोमा २ हजार ४० जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । १८ जना राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम संवैधानिक व्यवस्था अनुसार ७ दिन भित्र राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ अर्थात १९ जनाको दुईवर्षे पदावधि आगामी फागुन २० गते सकिँदै छ । पदावधि सकिनेमा एक जना राष्ट्रपतिबाट मनोनीत रहेकाले सोही प्रक्रियाबाट पदपूर्ति हुनेछ । १८ सदस्यका लागि बिहिवार मतदान भएको हो । राष्ट्रिय सभामा हाल रहेका नेकपाका ३९ मध्ये ८, कांग्रेसका १३ मध्ये ७, राजपाका २ मध्ये २ र समाजवादीका २ मध्ये १ जनाको दुईवर्षे पदावधि सकिन लागेको हो । अब निर्वाचित हुनेको पदावधि ६ वर्ष हुनेछ । उनीहरूले आगामी फागुन २१ गतेबाट जिम्मेवारी सम्हाल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);