आज पनि छलफलमा कांग्रेस शीर्ष नेताहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आज पनि छलफलमा कांग्रेस शीर्ष नेताहरु

nepal-congress

काठमाडौं, १० माघ ।  पार्टीसभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भइरहेको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यहरुको बारेमा कुराकानी भइरहेको कांग्रेस नेताहरुले बताएका छन ।

बुधवार पनि देउवा र पौडेलबीच छलफल भएको थियो । केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या २८ बाट बढाएर ४७ पुरयाउने र भ्रातृसंस्था तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट रहदै आएको छ । सभापति देउवाले पार्टीमा चल्दै आएको सहमतीय परम्परा तोडेर पहिलो पटक बहुमतले महाधिवेशनको मिति तय गरेको आरोप पौडेल समूहको छ। पौडेल समूहले २६ मंसिरपछिका केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएको छ ।

देउवा बहुमतबाट निर्णय गरेर अघि बढ्न खोजेपछि पौडेलले आफू निकटका जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएर पुस २१ गतेदेखि तीन दिनसम्म परामर्श गर्नुभएको थियो । जिल्ला सभापतिहरुको भेलाबाट महाधिवेशनको मिति सहमतिमा तोक्न देउवालाई लिखित सुझाव दिइएको थियो । छलफलमा पौडेलसँगै पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौला उपसभापति विमलेन्द्र निधि लगायतको सहभागिता रहेको जनाइएको छ । पौडेल पक्षले महाधिवेशन कार्र्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भातृ संगठनहरुको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);