नेपाली कांग्रेस पार्टीको बिधान बहुमतले पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपाली कांग्रेस पार्टीको बिधान बहुमतले पारित

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको विधान केन्द्रीय समिति बैठकबाट बहुमतले पारित भएको छ । लामो समयको छलफलबाट पनि निकास निस्कन नसकेपछि आइतवार सभापति शेरबहादुर देउवा समूहले विधान बहुमतबाट पारित गरेको हो ।

बिधानमा महाधिबेशन प्रतिनिधि कसरी बनाउने, समानुपातिकमा कसरी प्रतिनिधित्व गराउने भन्ने विषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवापक्षबीच लामो समय देखि बिवाद देखिएको थियो ।

एक महिनाअघिबाटै कांग्रेसमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने/नहुने समानुपातिकमा कति पटकसम्म अवसर पाउने भन्ने विवाद चल्दै आएको थियो। सभापति देउवाले पनि सर्वसम्मत रूपबाट पारित गर्न एक महिनासम्म बैठक लम्ब्याएका थिए ।

तर दुवै पक्षले आफ्नो अडान नछाडेपछि बुहमतीय प्रणालीबाट निर्णय गर्नुपरेको देउवा पक्षीय नेताहरुले जनाएका छन । देउवा पक्ष बाहेका नेताहरुले भने बहुमतीय प्रणालीबाट भएको निर्णयमा आपत्ति जनाएका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);