एनसेलका टावरमा आक्रमण गर्ने विप्लप समुह भएको गृहमन्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

एनसेलका टावरमा आक्रमण गर्ने विप्लप समुह भएको गृहमन्त्रीको दाबी

काठमाडौं, १२ फागुन । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार एनसेलका टावर लक्षित गरी आक्रमण गर्नेको पहिचान भइसकेको दावी गरेका छन् । आइतबार संसदको राज्य व्यवस्था समितिमा बोल्दै गृहमन्त्री थापाले घटनाको अहिलेसम्म कसैले जिम्मा नलिएपनि अनुसन्धानबाट नेकपा विप्लब समुहले बम विस्फोट गराएको बताए ।

उनले देशव्यापी रुपमा पार्टीको केन्द्रीय योजना अनुसार आक्रमण भएको बताए । गृहमन्त्री थापाले घटनामा संलग्न रहेको आशंकामा देशभरबाट १६ जनालाई पक्राउ गरिएको र आक्रमण गर्ने टिमहरुको पहिचान समेत भईसकेको खुलासा गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);