युवाहरुलाई कृषि योजना बनाएर प्रदेश सरकारमा आउन मुख्यमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

युवाहरुलाई कृषि योजना बनाएर प्रदेश सरकारमा आउन मुख्यमन्त्रीको आग्रह

चितवन,१४ माघ । “प्रदेश युवा सम्मेलनः २०२४” चितवनको माडीमा सुरु भएको छ । सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार गरेका हुन् । उनले सामुहिक खेती गर्न सके अर्थाेपार्जन गर्न सकिने धारणा राखे । युवाहरुलाई सामुदायिक भावनासहित कृषि गर्ने सोच लिई प्रदेश सरकारमा आउन पनि जम्कट्टेलले आग्रह गरे ।

“बागमती प्रदेशसँग थुप्रै कार्यक्रमहरु छन्, प्रशस्त बजेट छ, आउनुहोस् सहकार्य गरौं । हामी सदैव हजुरहरुको लागि तयार छौं, हामीले सक्छौं, हामीले सक्ने हो र हामीले नै हाम्रो देश बनाउने हो, त्यसैगरी स्थानीय उत्पादन र कृषि उद्यमशीलतालाई जोड दिदै सामुहिक खेती गर्न सके अर्थाेपार्जन गर्न सकिन्छ र युवाहरुले सामुदायिक भावना सहित कृषि गर्ने सोच लिई प्रदेश सरकारसँग बिशेष योजना बनाई आउन बिशेष अनुरोध समेत गर्नु भएको थियो ।”–मुख्यमन्त्री जम्कट्टेलले भने ।

कार्यक्रमका बिशेष अतिथि प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले माडी क्षेत्रमा प्रदेश युवा सम्मेलन आयोजना गरेकोमा आयोजकलाई धन्यबाद दिए । सम्मेलनले उत्कृष्ट कार्ययोजना बनाउन सक्नेछ भन्ने आफुले अपेक्षा राखेको बताए ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य निर्मलराज पौडेलले नयाँ युवा र नविनतम सोच भएका युवाहरु राजनीतिमा आउनु पर्नेमा जोड दिए । युबाहरुको एजेन्डा कार्यान्वयन गर्न सरकारलाई सडकबाट तरुणदलले दबाब दिन तयार रहेको उनले बताए । उनले भने,‘नेपाली माटो र भूगोल सुहाउँदो एजेन्डा तपाईहरुले तयार गर्नुहोस् तपाईहरुको सोचलाई मुर्त रुप दिन मेरो संगठन लागी पर्ने छ ।’  एजेन्डा भने नेपाली माटो र भूगोल सुहाउँदो हुनुपर्ने उनको भनाई थियो ।

त्यसैगरी,वाईसिएल नेपालका केन्द्रीय कोषाध्यक्षले प्रदेश युवा कार्यक्रमको सफलताको शुभकामना दिदैं सम्मेलनबाट बागमती प्रदेशको नयाँ योजना बनाउन उर्जा प्राप्त होस् भन्दै कामना गरे । त्यसैगरी युवा संघ नेपालका केन्द्रीय सदस्य अमृता भट्टराईले बिदेशका अग्ला तथा गगनचुम्नी भवनहरुलाई धेरै भन्दा धेरै पर्यटकहरु आफनो देश भ्रमण गराई अर्थाेपार्जन गरीरहेको बताइन ।

’उद्यमी युवा समृद्ध देश : दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुल नाराका साथ नेपाल युवा परिषदद्वारा चितवनको माडीमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् । नेपाल युवा परिषदका संस्थापकएवं केन्द्रियअध्यक्ष सरोज बानियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा युवाहरुले दिगो विकासको लक्ष्य, युवा उद्यमशिलता, हामस्टे र रैथाने बिचहरुको सम्बन्ध, निर्वाचनमा युवा, सुशासन, दिगो पर्यटन एवं जलवायु परिवर्तनको विषयहरुमा गहन छलफल गर्नुका साथै जिल्लागत तथा प्रादेशिय कार्ययोजना समेत तयार हुनेछ। कार्यक्रमको पहिलो दिन हुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाउनेछ। विभिन्न सिमान्तकृत समुदाय, बिशेष क्षमताभएकासमुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको छ । प्रदेश भित्रको स्थानीय संस्कृति तथा स्थानीय उत्पादनको चिनारी तथा प्रवर्धनमा जोड दिइनेछ। माघ १५ गते माडी घोषणा पत्र जारी गर्दै कार्यक्रमको समापन हुनेछ।

कार्यक्रममाविशेष अतिथिका रुपमाप्रदेश सभा सदस्यमाननीय ठाकुर प्रसाद ढकाल तथा माडी नगरपालिकाकिप्रमुखतारा कुमारी काजीमहतो आउनुभएको थियो। कार्यक्रममाविभिन्न राजनीतिकदलका केन्द्रियप्रतिनिधिहरुको सहभागित रहेको थियो।

’उद्यमीयुवा समृद्ध देश ः दिगो विकास लक्ष्यमा समान परिवेश’भन्ने मुल नाराका साथ नेपालयुवा परिषद र मास्टरपिस एन. वाइ. सि नेपालद्वारा चितवनको माडी क्याम्पसमा माघ १३ देखि १५ गतेसम्म आयोजित कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाबाट १८ देखि ३५ वर्ष उमेर समुहका करिव २०० युवाहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा युवाहरुले दिगो विकासको लक्ष्य, युवा उद्यमशिलता, निर्वाचनमा युवा, सुशासन, दिगो पर्यटन एवं जलवायु परिवर्तनको विषयहरुमा गहन छलफल गर्नुका साथै जिल्लागत तथा प्रदेशिय कार्ययोजना समेत तयार हुनेछ । कार्यक्रमको पहिलो दिनहुने सांस्कृतिक साँझले युवाहरुको सक्रिय सहभागिता बढाउनेछ। विभिन्न सिमान्तकृत समुदाय, बहिरा समुदायको सहभागिता तथा महिला पुरुषको वरावर सहभागिताले सम्मेलनलाई समावेशितामा जोड दिइएको छ । प्रदेशभित्रको स्थानीय संस्कृतितथा स्थानीयउत्पादनको चिनारी तथाप्रवर्धनमा जोड दिइनेछ । माडी १५ गते माडी डिक्लेरेसन घोषणा गर्दै कार्यक्रमको समापन हुनेछ ।

यस कार्यक्रमको सहआयोजकमा माडी नगरपालिका र बास नेपाल रहेको थियो भने होमस्टे महासंघ नेपाल, रैथाने एग्री प्रडक्ट्स नेपाल र टुरिजम फर पर्सपरेटी सहकार्य रहेको छ । एनसेलको बिशेष सहयोग रहेको यस कार्यक्रममा कोकाकोला नेपालले पनि सहयोग र सहकार्य गरेको थियो । यस लगायत अन्य बिभिन्न संघसंस्थाहरुले सहयोग गरी यस तेस्रो प्रदेश युवा सम्मेलन २०२४ आयोजना भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);