अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

yuwa diwas

प्रतिक्षा शर्मा
काठमाडौं, २७ साउन
। अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । संयुक्त राष्ट्रसंघले अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा घोषणा गरेपछि सन् १९९९ देखि हरेक वर्ष यो दिवस मनाईंदै आएको छ । युवाहरुको मुद्धालाई स्थापित गर्ने उद्देश्यले युवा दिवस मनाईंदै गर्दा नेपालका युवा भने अवसरको खोजीमा विदेशिन बाध्य छन् ।

विश्वको हरेका परिवर्तनमा युवाहरुको सहभागिता रहेको छ । अर्थात युवा सहभागिता विना कुनै पनि आन्दोलन र परिवर्तनले सार्थकता पाएका छैनन् । यसर्थ युवा शक्ति देशको मेरुदण्ड हो । युवा परिचालनबाट नै देश समृद्ध बन्न सक्छ । तर, हाम्रो देशमा भने मेरुदण्डका रुपमा रहेका युवाहरु दिनप्रतिदिन अवसरको खोजीमा विदेशीरहेका छन् । समृद्धिको नारा दिइरहेको सरकारले समेत युवापुस्तालाई स्वदेशमा रोक्ने कुनै योजना ल्याउनसकेको छैन ।

रोजगारीको खोजीमा विदेशीएका कतिपय युवा उतै प्राण त्यागगरी बाकसमा बन्द भएर स्वदेश फर्कने तितो यथार्थ पनि हाम्रोसामु छ । देश विकासको मुख्य शक्तिको रुपमा रहेको युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्नुकोसाटो रेमिट्यान्सको आशामा युवाहरुलाई विदेश पलायन हुन प्रोत्साहन गरिँदै छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री इश्वर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि जनदवाव सृजना गर्न युवाहरुलाई आह्वान गरे । उनले मुलुकको समृद्धिका लागि युवाहरुलाई परिचालन गर्ने ठोस नीति, योजना र कार्यक्रम बनाउन राष्ट्रिय युवा परिषदको गम्भिर ध्यानाकर्षण गराए । मुलुकलाई अघि बढाउन युवाहरुले सृजनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ ।

उपप्रधानमन्त्री पोखरेलले युवाहरुलाई सृजनात्मक भूमिका निर्वाह गर्न आग्रह गरे पनि राज्यले त्यस्तो अवसरको श्रृजना गर्नसकेको छैन् । स्पष्ट नीति र योजान नहुँदा शैक्षिक बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दो छ । यसतर्फ मध्यनजर गर्दै स्पष्ट योजना र नीति बनाएर समृद्धिको अभियानमा युवासहभागिता गराएमात्र युवा दिवसले सार्थकता पाउँछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);