३४औं अन्तर्राष्ट्रिय युवा दिवस काठमाडौंमा प्रभातफेरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

३४औं अन्तर्राष्ट्रिय युवा दिवस काठमाडौंमा प्रभातफेरी

काठमाडौं । ३४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरिएको छ ।

प्रभातफेरी शनिवार काठमाडौंको भृकुटीमण्डपबाट शुरु भइ न्युप्लाजा, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै राष्ट्रिय सभागृहसम पुगेर सकिएको हो ।

प्रभातफेरी कार्यक्रममा नेपाली सेनाको ब्याण्ड बाजासहितको टोली सहभागी भएको थियो । त्यस्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल पनि प्रभातफेरी कार्यक्रममा सहभागी बनेको थियो । प्रभातफेरी कार्यक्रम अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको हो ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको प्रभातेफेरी पछि परिषद्ले राष्ट्रिय सभा गृहमा अन्तर्राष्ट्रिय युवा दिवस सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । यस वर्ष ‘कौशल युवा, दिगो विकासका लागि’भन्ने नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);