नेपाली बस्तुको अन्तर्राष्ट्रिय पहिचानमा जोड दिदै निर्यात दिवस मनाइयो, आवश्यक नीति र कानून बनाउन ब्यवसायीहरुको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाली बस्तुको अन्तर्राष्ट्रिय पहिचानमा जोड दिदै निर्यात दिवस मनाइयो, आवश्यक नीति र कानून बनाउन ब्यवसायीहरुको माग

NIRYAT DIWAS

काठमाडौँ, २२ पुस । ‘नेपाली बस्तुको अन्तराष्ट्रिय पहिचानमा जोड दिँदै तेस्रो निर्यात दिवस मनाइएको छ ।

निर्यात खिवसको अवसरमा आईतबार काठमाडौंको ठमेल बजारमा प्रभातफेरी कार्यक्रम आयोजना गरियो । देश भित्र र बाहिर पनि नेपाली बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका साथ निर्यात दिवसको अवसर पारेर जनचेतना जगाउन प्रभातफेरी कार्यक्रम आयोजना गरिएको नेपाल निर्यात परिषदका अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । परिषदका अध्यक्ष श्रेष्ठले निर्यात प्रवद्र्धनका लागि आवश्यक कानुन, नीति र संस्थागत संरचना तत्काल निर्माण गर्न सरकारसँग माग गरेका थिए ।

निजी क्षेत्रका व्यवसायीहरुले सरकारले आवश्यक कानुनको समेत व्यवस्था गर्न नसकेका कारण नेपाली बस्तुको निर्यात् उकालो लाग्न नसकेको आरोप लगाउँदै आएका छन । उनीहरुले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन पनि निर्यात प्रवद्र्धनमा जोड दिन सरकारलाई सचेत गराउँदै आएका छन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);