उदयपुरका कृषक अलैंची खेतीतर्फ आकर्षित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उदयपुरका कृषक अलैंची खेतीतर्फ आकर्षित

alaichi kheti

गोपाल पोखरेल
उदयपुर, २७ साउन । उदयपुरका कृषक अलैंची खेतीतर्फ आकर्षित भएका छन् । मनग्य आम्दानी हुन थालेपछि कृषक अलैंची खेतीतर्फ आकर्षित भएका हुन । कृषकलाई प्रोत्साहान गर्न स्थानीय सरकारले अनुदानको व्यवास्था गरेको छ ।

उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ६ नामन्ताका तिलकबहादुर रानामगर अलैंची खेती गर्ने जिल्लाकै अगुवा कृषक हुन् । उनले करिब ४ रोपनी पाखो बारीबाट अँलैची खेती सुरु गरेका थिए । अहिले १५ रोपनी भन्दा बढी जग्गामा अलैँची खेती सुरु गरेका छन् । झण्डै ३० वर्ष ढाकर र टेकुवाको भरमा गुजारा चलाएका रानामगरले कच्ची सडक पुगेसँगै ट्याक्टर र खच्चरबाट सामान ढुवानी हुन थालेपछि ढाकार बोक्ने काम पाउन छोडेकाले अलैंची खेती गर्न थालेका हुन् ।

तिलकबहादुरले अलैची खेतीबाट प्रशस्त आम्दानी गर्न थालेपछि अरु कृषकपनि अलैची खेती गर्न थालेका छन् ।अहिले नामन्तामा अलैचीकासाथै चिया, तेजपात, आलु, काउली, टमाटर, काँक्रो र इस्कुसको पनि व्यवसायिक खेती हुन थालेको छ । गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरेको छ ।

पहिले तितेपाती र बनमाराले भरिने नामन्ताका पाखा अहिले अलैचीले हराभरा भएको छ । बजारमा अलैंचीको माग उच्च भएकाले पनि कृषक अलैंची खेतीतर्फ आकर्षित भएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);