पाल्पामा पहिलो पटक अलैंचीको व्यवसायिक खेती सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

पाल्पामा पहिलो पटक अलैंचीको व्यवसायिक खेती सुरु

alaichi kheti

पाल्पा, १२ भदौ । पाल्पाका स्थानियहरुले जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा अलैंची खेती सुरु गरेका छन् । अलैची खेतीबाट राम्रो आम्दानी हुने थालेपछि उनीहरुले व्यवसायिक रुपमा अलैची खेती सुरु गरेका हुन् ।

पूर्वी नेपालको प्रमुख नगदेबालीका रुपमा परिचित अलैंची खेतीलाई पाल्पामा पनि व्यवसायीक रुपमा सुरु गरिएको छ । जिल्लामा घरायसी प्रयोजनका लागि विगतदेखिनै अलैंची खेती लगाउँदै आएपनि झिरुबास खादरका किसानले पहिलो पटक अलैंची खेती शुरु गरेका हुन् । विगतमा अदुवा, अम्रिसो र निगालो बाट राम्रो आम्दानी गदै आएपनि स्थानियहरुले अलैँची खेतीबाट राम्रो सम्भावना देखेर शुरु गरेका कुषक याम बहादुर सोमै बताउँछन् ।

झिरुवासमा पहिलो पटक अलैँची खेतीको सुरुवात खादरका तुल बहादुर बयाम्बुले गरेका थिए । उनले १२ रोपनी भन्दा बढी क्षेत्रफलमा अहिले अलैँची खेती गरिरहेका छन् । इलाम बाट विरुवा ल्याउन लगाएर शुरु गरेको उनीको खेती अहिले ९-१० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

जिल्लामा अहिले धेरैले अलैची खेती लगाएका छन् । अलैची खेतीलाई व्यापकता दिनका स्थानिय सरकार, जिल्ला स्थित विभिन्न सरकारी कार्यालहरुले समेत राम्रो सहयोग गरेको कुषकहरुको बताउँछन् ।

सुरुमा काउँलेडाँडा कवुलियती वन, निस्दी गाउँ पालिका, कुषि कार्यालयले समेत सहकार्य गरिरहेको स्थानिय यामबहादुर ढेंगाको भनाई छ । सहयोग र बजार राम्रो हुँदै गए राम्रो आम्दानीको स्रोत हुने कुषककोहरुको भनाई थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);