महिन्द्राको ‘प्लस न्यू एसयूभी ५००’ नेपाली बजारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

महिन्द्राको ‘प्लस न्यू एसयूभी ५००’ नेपाली बजारमा

Mahindra Plush New XUV5001

काठमाण्डौ, १२ भदौ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड (M&M),अमेरिकी डलर २० अरब ७० करोड मूल्यांकन गरिएको महिन्द्रा समूहको एक अभिन्न अंग हो । महिन्द्रा एण्ड महिन्द्राले नेपालमा ‘प्लस न्यू एसयूभी ५००’ अनावरण गरेको छ ।

आकर्षक नयाँ डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्क (Torque) युक्त ‘प्लस न्यू एसयूभी ५००’ले उत्कृष्ट एक्सयूभी समूहमा एउटा नयाँ मापदण्ड कायम गरेको छ । उन्नत, लचिलोपना तथा शान्त क्याबिनले अझ आरामदायी यात्राको अनुभूति दिन्छ ।

आकर्षक नयाँ डिजाइन तथा १५५ इंजिन जडित नयाँ एसयूभी ले १५५ हर्स पावर र ३६० एनएम टर्कको शक्ति दिन्छ । छैठौँ पुस्ताको विद्युतीय रूपमा नियन्त्रित Variable Geometry Turbocharger (eVGT)ले  ‘प्लस न्यू एक्सयूभी ५००’को सवारीलाई अझ बढी ऊर्जायुक्त र उत्कृष्ट बनाउँछ ।

उत्कृष्ट ओआरभिएमयुक्त ल्याम्प, विद्युतीय सनरुफ, स्मार्टवाच कनेक्टिभिटी, जिपिएस नेभिगेसनयुक्त १८ सेमी (७इंच) टचस्क्रिन इंफोटेन्मेन्ट सहितको इनह्यान्सड अडियोले ‘प्लस न्यू एसयूभी ५००’को सवारीलाईअझ बढी गुणस्तरीय बनाउँछ । छ वटा एयरब्याग तथा इबिडीसहित एबिएसयुक्त गाडीमा सबै पाङ्ग्रा डिस्क ब्रेकजडित भएकाले उकालो तथा ओरालोमा सन्तुलन गर्न सहज छ।

 

‘प्लस न्यू एक्सयूभी ५००’को अनावरण गर्ने क्रममा बोल्दै महिन्द्रा एण्ड महिन्द्रा का  अन्र्तराष्ट्रिय विभाग (दक्षिण एशिया) का उपाध्यक्ष सञ्जय जादवले भने “सन २०११ मा ‘एसयूभी ५००’ बजारमा आएको हो । त्यसपछि यो गुणस्तरीय एसयूभी समूहको उत्कृष्ट वाहनको रूपमा रहि आएको छ । आकर्षक मूल्य, शैली, बेजोड कार्यक्षमताप्रदर्शन र आफ्नो श्रेणीमा उत्कृष्ट सुरक्षाका कारण यस एसयूभीले यो उँचाइ प्राप्त गर्न सकेको हो । नयाँ प्रवृत्तिहरू निर्माण गर्ने र सीमाहरू कायम गर्ने सम्बन्धमा ‘एसयूभी ५००’ अग्रणी एसयूभी हो । ‘एसयूभी ५००’को अनावरणसँगै हामीले नयाँ मापदण्डहरू कायम गरी र सवारी चालनको उत्साहलाई नयाँ उँचाइमा पु¥याइ यसको प्रस्तावित मूल्यलाई सुदृढ गरेका छौँ ।

Mahindra Plush New XUV500

कार्यक्रममा बोल्दै अग्नि समूहका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठले भने, महिन्द्रासँगै नेपालको नम्बर १ एसयूभी बिक्रेता हुन पाउँदा हामी गौरवान्वित छौँ । पच्चीस वर्षको अवधिमा हामीले हाम्रा  उपभोक्ताहरूलाई अझ सन्तुष्टि दिने उद्देश्य राखेका छौँ । महिन्द्रा एसयूभीहरु बलिया छन्, यी सवारीधनी हाम्रा उपभोक्ताहरूले नेपालका विकट भूभागहरूमा समेत आफ्नो क्षमता प्रदर्शन गरेका छन् । मलाइ विश्वास छ, प्लस न्यू एसयूभी ५००’ को नयाँ स्वरूप र नयाँ विशेषताहरूले ड्राइभिङको आनन्द र उत्साह अझ बढाउनेछन् । ‘प्लस न्यू एसयूभी ५००’ नेपालभर फैलिएको संजाल मार्फत् उपलब्ध छ ।

महिन्द्राका बारेमा
महिन्द्रा समूह २०.७ अरब अमेरिकी डलर मूल्यांकन गरिएको कम्पनीहरूको समूहहो । यस समूहले मानिसहरूलाई नवीनतम गतिशिलता सम्बन्धी समाधानहरू, ग्रामिण गरिबी निवारण, शहरी जीवनमा सुधार, नयाँ व्यवसायहरूको प्रवद्र्धन र समुदायहरूको लालन पालन मार्फत् मानिसहरूलाई प्रगतिगर्न सक्षम बनाउँछ ।

जनोपयोगी वाहनहरू, सूचनाप्रविधि, वित्तिय सेवाहरू र बिदा स्वामित्वको क्षेत्रमा महिन्द्रा समूह भारतमा नेतृत्वदायी स्थानमा छ । बिक्रीको परिमाणकोआधारमा यो विश्वको सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो । कृषिव्यवसाय, अन्तरिक्ष, व्यावसायिकवाहनहरू, रक्षा, घरजग्गा, नवीकरणीय ऊर्जा, स्पीडबोट, इस्पात (स्टिल) र अन्य व्यवसायहरूमा कम्पनीको बलियो उपस्थिति छ ।

भारतमा मुख्य कार्यालय रहेको यस कम्पनीले १०० देशहरूमा २४०,००० भन्दा बढी व्यक्तिहरूलाई रोजगारी दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);