ढोरपाटन भलिबलको उपाधि एपीएफलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ढोरपाटन भलिबलको उपाधि एपीएफलाई

फाइनल खेलमा न्यू डायमण्ड एकेडेमी ३–० को सोझो सेटमा पराजित –

काठमाडौं, २० माघ । १३ औं ढोरपाटन महिला डवल लिग भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । उपाधि भिडन्तमा रहेको न्यू डायमण्ड एकेडेमीको टोलीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो । ढोरपाटन लिग भलिबलमा एपीएफको यो पाचौं उपाधि हो ।

यसअघि आठौं, नवौं, दशौं र एघारौं संस्करणको उपाधि एपीएफले जितेको थियो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा भएको खेलमा एपीएफले न्यू डायमण्डबिरुद्ध २५–१६, २५–१७ र २५–१२ को सोझो सेटमा जित निकाल्यो । एपीएफ ५० अंकसहित च्याम्पियन बन्दा न्यू डायमण्ड ४६ अंकसहित उपाबिजेतामा सीमित भयो । एपीएफ प्रतियोगिताको एकमात्र अपराजित टोली हो भने न्यू डायमण्डले दुवै लिगमा एपीएफसँगमात्र हार ब्यहोरेको छ ।

उपाधि विजेता एपीएफले ३ लाख २५ हजार पुरस्कार पायो भने न्यू डायमण्डले १ लाख ७० हजारमा चित्त बुझायो । यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीको रुपमा न्यू डायमण्डकी प्रतिभा माली, प्लेयर अफ द सिरिज एपीएफकी सरस्वती चौधरी, वर्ष खेलाडी आर्मीकी निरुता ठगुन्ना तथा राइजिङ प्लेयरमा श्रीगाउँकी शर्मिला नेपाली चुनिए ।

उनीहरु सबैले एक–एक थान स्कुटर पुरस्कार पाएका छन् । त्यस्तै एपिएफका ज्ञानेन्द्र विष्ट बेष्ट कोच घोषित भए । प्रतियोगिता शुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शकमध्ये लक्की ड्र बाट पोखरावासी दर्शक राजकुमार घतानीले पावरम्याक्स स्कुटी प्राप्त गरे । गत माघ ४ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा देशभरका १२ टोलीको सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);