राष्ट्रिय महिला भलिबल: शसस्त्र प्रहरीद्वारा न्यू डायमण्ड एकेडेमी पराजित | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

राष्ट्रिय महिला भलिबल: शसस्त्र प्रहरीद्वारा न्यू डायमण्ड एकेडेमी पराजित

vellyball

काठमाडौं, १५ चैत । शसस्त्र प्रहरी महानिरीक्षक कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ ।

हलचोक स्थित शसस्त्र प्रहरीको कोर्टमा शुक्रबार भएको फाइनल खेलमा एपीएफले न्यू डाइमण्ड एकेडेमीलाई तीन शुन्यको सोझो सेटमा पराजित गर्यो । जसमा एपीएफले पहिलो सेट २५–१२ ले जित्यो भने दोस्रो सेट २५–११ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै, तेस्रो सेटमा पनि २५–११ ले जित निकाल्दै एपीएफले उपाधि कब्जा गर्यो । खेलको सुरुवात देखि नै न्यू डाइमण्डमाथि हावी भएको एपीएफले तीन वटै सेटमा आफुलाई अगाडी राख्यो । जसका कारण एपीएफले सिजनको दशौ उपाधि उचाल्यो । एपिएफले यो बर्ष ११ वटा फाइनल खेलेकोमा १० वटाको उपाधि जित्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी हिरा केसी बनिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);