चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई | ईमाउण्टेन समाचार

Our Network

साउन १ २०८१, मंगलबार

चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडाैं, २५ वैशाख । नेपाल पुलिस क्लबलाई पाखा लगाउँदै सशस्त्र प्रहरीको एपिएफले चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा एपीएफले पुलिसलाई ३–० को सेटमा हराउँदै लगातार चौथो पटक उपाधी जितेको हो । मंगलबार राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको खेलमा एपीएफले पुलिसलाई २५–१२, २५–१९ र २५–१७ को सेटमा पाखा लगायो ।

यस्तै मंगलवारै तेस्रो स्थानको लागि भएको खेलमा शिवम् न्यू डायमण्ड एकेडेमीले पश्चिमाञ्चल टिमलाई ३–० को सेटमा पराजित ग-यो । च्याम्पियन एपीएफले नगद १ लाख ५० हजार, ट्रफी र मेडल हात पारेको छ ।

उपविजेता पुलिसले १ लाख तथा तेस्रो भएको न्यू डायमण्डले ५० हजार प्राप्त ग¥यो । च्याम्पियन एपीएफकी सरस्वती चौधरी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);