न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८३, बुधवार

न्यू डायमन्ड भलिबल : एपीएफलाई हराउँदै पुलिस च्याम्पियन

काठमाडौं। सशस्त्र प्रहरी बलको एपीएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लबले शनिबार बाग्मती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न खेलमा २५–१६, २७–२५, २५१९ को सोझो सेटमा हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफमाथि रोमाञ्चक जित निकाल्यो ।यसअघि पुलिसले लिग चरणको अन्तिम खेलमा एपीएफमाथि ३–१ को सेटमा जित निकाल्दै शतप्रतिशत नतिजासहित फाइनल पुगेको थियो ।शनिबारै भएको तेस्रो स्थानको खेलमा परोपकार महिला होस्टेललाई सोझो सेटमा स्तब्ध पार्दै न्यू डायमन्ड क्लब तेस्रो भएको थियो ।

प्रतियोगिताको च्याम्पियन बनेको पुलिसले  पाँच लाख, उपविजेता एपीएफले दुई लाख ५० हजार, तेस्रो भएको डायमन्डले एक लाख २५ हजार र सान्त्वना टिम परोपकारले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

PreviousNext

Leave a Reply