जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जिल्लास्तरीय रनिङ शिल्डको उपाधि बेसीसहरलाई

लमजुङ । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले हात पारेको छ । १६ देखि १७ असारसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीसहर नगरपालिका उपाधि जित्न सफल भएको हो ।

बेसीसहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।

१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एक सय, दुई सय, तीन सय, चार सय, आठ सय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूटलगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुर्वतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताए । प्रतियोगितामा पाँचा पालिकाको सहभागिता थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);