राष्ट्रिय भलिबल च्याम्पियनसिपम साबिक विजेता एपीएफमाथि नेपाल पुलिस क्लबको रोमाञ्चक जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय भलिबल च्याम्पियनसिपम साबिक विजेता एपीएफमाथि नेपाल पुलिस क्लबको रोमाञ्चक जित

काठमाडाैं, २१ चैत । नेपाल पुलिस क्लवले साविक विजेता एपीएफ क्लवमाथि रोमाञ्चक जित हात पारेको छ । शनिबार भएको एनभिए राष्ट्रिय भलिबल च्याम्पियनसिपमा महिला तर्फको खेलमा पुलिसले एपीएफलाई पाँच सेटमा हरायो ।

त्रिपुरेश्वर स्थित राखेपको कर्भडहलमा भएको खेलमा एपीएफविरुद्ध पुलिसले उत्कृष्ट कमब्याक गर्दै खेल जित्न सफल भयो । उसले सुरुवाती दुई सेट गुमाएको अवस्थामा खेल आफ्नो पोल्टामा पारेको छ ।

जारी प्रतियोगितामा एपीएफको पहिलो हार हो । एपीएफले पुलिससँग २५–२०, ३०–२८, २३–२५, १९–२५ र ११–१५ को सेटमा हार ब्यहोरेको हो । पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेटमा पुलिसबाट कडा टक्कर पाएको थियो ।

जसमा उसले ३०–२८ ले सेट जित्यो । तर त्यसपछि एपीएफको खेलमा तालमेलको कमि भयो । जसको फाइदा पुलिसले उठाउन सफल भयो । पुलिसले तेस्रो सेट २५–२३ ले जित्यो भने चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पर्यो । यस्तै अन्तिम सेटमा पनि १५– ११ ले जित्दै दुई अंक हात पा¥यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);