आईपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आईपीएल : सनराइजर्स हैदरावाद शीर्ष स्थानमा कायमै

srh-rcb

एजेन्सी, २५ बैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले विजयी यात्रालाई निरन्तरता दिएको छ । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको खेलमा टस हारेर पहिले ब्याटिङ गरी जम्मा १ सय ४६ रन बनाएर पनि सनराइजर्स हैदरावादले आठौं जित निकालेको हो ।

जितसहित सनराइजर्स शीर्ष स्थानमा कायमै छ । गएराति १ सय ४७ रनको सामान्य लक्ष्य पछ्याएको रोयल च्यालेन्जर्स निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४१ रनमा समेटियो । कप्तान विराट कोहलीले ३९ तथा ग्रयान्डहोमले ३३ रन बनाए पनि बाँकी खेलाडीले खुलेर खेल्न नसक्दा रोयल च्यालेन्जर्सले सातौं पराजय व्यहोरेको हो ।

अघिल्ला खेलमा जस्तै ए बी डे भिल्लर्स सनराइजर्सविरुद्धको खेलमा पनि टिक्न सकेनन् । ८ बलको सामना गरेका भिल्लर्स जम्मा ५ रन जोडेर पेभेलियन फर्किए । ओपनर मनन बोहराले पनि १० बलमा ८ रन मात्र जोडे । भिल्लर्स र बोहराले बलको तुलनामा कम रन बनाउनु नै रोयल च्यालेन्जर्सको हारको कारण बन्यो । पराजयसँगै रोयल च्यालेन्जर्सको प्ले अफमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

त्यसअघि ब्याटिङ गरेको सनराइजर्स हैदरावादले कप्तान केन विलियम्सनको ५६ तथा सकिब अल हसनको ३५ रनको मद्दतमा १ सय ४६ रन जोडेको थियो । निर्धारित २० ओभरमा सबै विकेट गुमाएको सनराइजर्सका ६ खेलाडी दोहारो रन जोड्न असफल भएका थिए ।

आईपीएल अन्तर्गत आज राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबबीच खेल हुने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);