खाद्यान्न बिक्रि गरेर आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खाद्यान्न बिक्रि गरेर आम्दानी

khdayanna

गोपाल पोखरेल,

उदयपुर, १३ भदौ । उत्पादनले खान नपुगेर अनिकाल लाग्ने उदयपुरको चौदण्डीको शिखरपुरबासीहरु पछिल्लो समय खाद्यान्न बिक्रि गरेर आम्दानी गर्न थालेका छन् । आफ्नै प्रयासबाट बिजुली र सिंचाइको व्यववस्था गरेपछि स्थानीयको जीवनशैलीमै परिवर्तन आएको छ ।

केही बर्ष अघिसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका–१को सिखरपुर गाउँमा बाह्रै महिना अनिकाल लाग्थ्यो । चारैतिर जंगलले घेरेको भिरालो र ढुंग्याइलो पाखो जमिनमा कोदो र बेसार बाहेक अन्य कुनै बाली हुँदैनथ्यो । सिँचाई गर्नका लागि कहिले वर्षा होला भनेर आकास हेर्दै बस्नुपर्ने अवस्था थियो ।

तर अहिले शिखरपुरबासीको आर्थिक र सामाजिक अवस्थामा ठूलो परिवर्तनमा आएको छ । पहिले केही उव्जनी नहुने त्यही भिरालो र पाखो जमिनमा अहिले धान, मकै र गहुँ गरेर ३ कमाई उव्जनी हुन्छ । पर्याप्त उव्जनी पाएपछि स्थानीयको आम्दानीपनि बृद्धि भएको छ ।

सरकारी निकायले बेवास्ता गरेपछि छ बर्ष लगातार काम गरेर गाउँले आफैले चार किलोमिटर लामो चित्रे सिंचाई कुलो निर्माण गरे ।

त्यही कुलो शिखरपुरबासीका लागि बरदान भएको छ । पहिला अनिकाल लाग्ने शिखरपुरबासीले अहिले वार्षिक ५० हजार देखि एकलाख सम्मको आम्दानी गरिरहेका छन् । राई जातिको बस्ती रहेको शिखरपुरमा ५२ घर परिवारको बसोबास छ । पहिले बेसार र कोदो बाहेक केही नहुने यो गाउँमा यतिबेला धानका गाँज हालेका छन् ।

चरैतिर हरियाली छाएको छ । यहाँका बासिन्दाको मिहिनेत, लगनशीलता र सामुहिकताको भावना देखेपछि अहिलेभने चौदण्डीगढी नगरपालिकाले गाउँसम्म पुग्ने कुलो, बाटो, बिजुली, संचार, कृषि अनुदान लगाएत बिभिन्न सेवाका लागि रकम बिनियोजन गर्ने घोषण गरेको छ ।

केही हजार कमाउनकै लागि विदेशीने र गाउँमा केही हुँदैन भनेर बसाइ सर्ने प्रबृत्तिलाई शिखरपुरबासीको प्रयासले पाठ सएिको छ । शिखरपुबासीले जस्तै ‘‘एकता नै वल हो’ भन्ने भावनाबाट सामुहिक प्रयास गर्ने हो भने हरेक गाउँ हराभार बन्न सक्छन् । सरकारले पनि आफ्नो गाउँ आफै बनाउन स्थानीयलाई प्रोत्साहन गर्न शिखरपुर एउटा उदाहरण बन्न सक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);