काठमाडौंमा पनि अम्रिसोको व्यावसायिक खेती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा पनि अम्रिसोको व्यावसायिक खेती

amriso

काठमाडौं, ३१ असार । पशुपालन र दूध उत्पादनका लागि कहलिएका जिल्लाहरुमा प्रशस्तै देखिने हिउँदे घाँस अम्रिसो (अम्लिसो) खेती काठमाडौंमा पनि शुरु गरिएको छ । यही वर्षायाममा करिव ४ सय रोपनी क्षेत्रमा अम्रिसो रोपिँदै छ ।

काठमाडौं जिल्ला वन कार्यालयको पहलमा उपत्यकाका पाखो र भिरालो जमिनमा अम्रिसो खेती शुरु गरिएको हो । काठमाडौंका शंखरापुर नगरपालिका–२ र ४ वडा (साविकका नाङ्लेभारे, लप्सीफेदी गाविस) मा करिव १ सय ५० रोपनीमा ७५ हजार गाना अम्रिसोका बिरुवा (गाना) रोपिएको छ ।

सो क्षेत्रका खम्बोडाँडा र कुसुम सामुदायिक वन समूहले पनि ५ हजार गाना बिरुवा रोपेका छन् । शंखरापुरमा अम्रिसो रोपिएको ९० प्रतिशतभन्दा बढी क्षेत्र व्यक्तिको नाममा दर्ता भएको तर प्रयोगविहीन बाँझो जमिन हो, बाँकी पर्ती जग्गा हो ।

केही दिनभित्रैमा थानकोट, नागढुंगा र धादिङतर्फ करिब २ सय रोपनी क्षेत्रमा अम्रिसो रोप्ने तयारी गरिएको काठमाडौंका जिल्ला वन अधिकृत रामबाबु पौडेलले जानकारी दिए । आजको नेपाल समाचारत्रमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);