युवालाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्छ : खनाल | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

युवालाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्छ : खनाल

jhalanath khanal

काठमाडौं, १३ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिएका छन् । वरिष्ठ नेता खनालले युवाहरुको परिचालनबाट उद्योगको विकास गरेर मात्रै विश्वमा देखिएको गरिवी र अभावको अन्त्य गर्न सकिने स्पष्ट पारे ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘विश्व युवा उद्यमी शिखर सम्मेलन’ को उद्घाटन कार्यक्रममा बोल्दै उनले गरिवी, अभाव र युवा बेरोजगार अहिले पनि विश्वकै चुनौतिको रुपमा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि युवाहरुलाई उद्यमी बनाउनुको विकल्प नरहेको बताए ।

वरिष्ठ नेता खनालले नेपालमा बेरोजगार युवाहरु, महिलाहरु, पिछडिएका समुदायहरुलाई अघि बढाउने गरी संविधान बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार लागि परेको बताए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरिवी अन्त्य गर्न र निरक्षरताको अन्त्य गरेर समृद्धिको अभियानलाई सफल बनाउन युवाहरु उद्यमशील हुनुपर्नेमा जोड दिए । उनले सम्मेलनले युवाहरुलाई उद्यमी बनाएर राष्ट्रहरुलाई समृद्धितर्फ अग्रसर गराउन आवश्यक नीति तय गर्ने विश्वास पनि व्यक्त गरे । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका युवा उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।