प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको कार्यतालिका सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, ५ भदौ । परराष्ट्र मन्त्रालयले आगामी सोमबार हुने प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ। प्रधानमन्त्री देउवाले आगामी बुधबारदेखि भारतको औपचारिक भ्रमण गर्दै छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा ५ दिनका लागि भारत भ्रमणमा जान लागेका हुन्।

 

भ्रमणका एजेण्डाबारे प्रधानमन्त्री देउवाले यसअघि पूर्वप्रधानमन्त्रीसँग पनि परामर्श गरेका थिए। भारतमा रहँदा प्रधानमन्त्री देउवा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछन्। बिहीबार प्रधानमन्त्री देउवा उनको सम्मानमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सामेल हुनेछन्। सोही दिन राजघाटमा रहेको माहत्मा गान्धीको शालिकमा माल्यार्पण गर्ने र राष्ट्रपति रामनाथ कोविन्दसँग भेटघाट गर्नेछन्।

 

भारत भ्रमणको अवधिमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, मन्त्रिपरिषदका अन्य सदस्य र राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछन्। त्यस्तै प्रधानमन्त्री देउवा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा पनि सहभागी हुनेछन्। भ्रमणका अवसरमा प्रधानमन्त्री देउवा तेलङ्गना, आन्ध्र प्रदेश र बिहार राज्यमा पुग्नेछन्। प्रधानमन्त्री देउवा आउँदो आइतबार स्वदेश फर्कनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);