संशोधनको विपक्षमा मतदान गर्न राप्रपाको हृवीप, राणा समुहलाई संकट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौ, ५ भदौ । आज संसद्मा प्रस्तावित संविधान संशोधनको विषयमा मतदान हुँदै छ। देउवा नेतृत्वको सरकार गठनका बेला संशोधनको पक्षमा आएको राप्रपा अहिले पार्टी विभाजन भएसँगै संशोधनको विपक्षमा लागेको छ।

आज पार्टी अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाको अध्यक्ष

तामा बसेको संसदीय दलको बैठकले व्यवस्थापिका संसद बैठकमा प्रस्तुत हुने संविधान संशोधनको बिधेयकको विपक्षमा मतदान गर्न हृवीप नै  जारी गरेको छ।

 

राप्रपाले ह्विप जारी गरेसँगै राणा नेतृत्वको नयाँ पार्टीको पक्षमा रहेका सांसदहरु संकटमा परेका छन्। राणा पक्षले संविधान संशोधनको पक्षमा मतदान गर्ने तयारी गरेका थिए।

 

यता निर्वाचन आयोगले दल दर्ताका लागि सनाखतमा कोही उपस्थित नभएको भन्दै राप्रपा प्रजातान्त्रिक दर्ता गरेको छैन। त्यस्तै सर्वोच्चमा राप्रपा प्रजातान्त्रिकको तर्फबार पशुपति शमशेर राणले दायर गरेको रिट पनि हेर्दा हेर्दैमा परेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);