प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन मंसिर १० गते गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ५ भदौ । सरकारले प्रदेश र केन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

 

 

सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभा र केन्द्रीय संसदको निर्वाचन एकैपटक गर्ने गरी मंसिर १० गतेको मिति तोकेको हो । सो निर्णय बारे निर्वाचन आयोगलाई लेखि पठाउने सरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्ने बारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उनले जानकारी दिए ।

 

 

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एजेण्डा पनि तय गरेको छ । प्रधानमन्त्री देउवाको राजकिय भ्रमणका बेला उठाउनुपर्ने विषय माथि छलफल गरी बैठकले स्पष्ट एजेण्डा तय गरेको हो । भ्रमणका क्रममा पुराना संन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोशी बाँध लगायत विभिन्न बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा छलफल गरिने छ ।

 

 

त्यसैगरी कोशी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको भारतीय रुपैया ५० करोड अहिले सम्म उपलब्ध नगराईएको बारेमा कुरा उठाईने भएको छ । भ्रमणका क्रममा पञ्चेश्वर वहुउद्देश्यि आयोजनाको बारेमा छलफल हुनुको साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा दुईपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशिय रेल सेवा संञ्चालन , वाणिज्य व्यापार तथा लगानी लगायत विषय भ्रमणका क्रममा प्राथमिकतामा राखिने छ । त्यसैगरी भुकम्प पुर्ननिर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिले सम्म उपलब्ध नगराएकाले अबिलम्ब उपलब्ध गराउन पनि भारतको ध्यानाकर्षण गराईने भएको छ ।

 

प्रधानमन्त्री देउवाले बुधबार भारतको औपचारीक भ्रमण गर्ने कार्यक्रम छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);