संसद्मा आज : संविधान संशोधन प्रस्तावमाथि मतदान, पारित हुने सम्भावना न्यून | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, ५ भदौ । आज बस्ने संसद् बैठकमा संविधान संशोधन प्रस्तावमाथि मतदान हुने भएको छ। तर संशोधन प्रस्ताव पारित हुने सम्भावना निकै कम रहेको नाम नखोल्ने सर्तमा सत्तारुढ दलका एक नेताले माउन्टेन टिभीलाई बताएका छन्।

 

संसद्मा प्रस्तावित संसोधन प्रस्ताव पारित हुन संसदमा रहेको ५ सय ९२ सांसदको दुई तिहाई अर्थात ३ सय ९५ सांसदको समर्थन आवश्यक पर्ने भएपनि अहिले सत्तारुढ दलहरुसँग ३ सय ७३ मत मात्रै रहेको छ।

 

१४ सांसद रहेको कमल थापा नेतृत्वको राप्रपाले संशोधन प्रस्तावको विपक्षमा उभिने आइतबार नै निर्णय गरिसकेको छ भने भर्खरै राप्रपाबाट अलगिएको पशुपति शमशेर राणाको पार्टीका २२ सांसद्ले भने संसोधन प्रस्तावको पक्षमा मतदान गर्ने भएका छन्।

 

संसोधन प्रस्ताव पारित गराउन २२ जना सांसद अपुग देखिएको छ। संविधान संशोधनको माग गर्दै आएको राष्ट्रिय जनता पार्टीले प्रस्ताव पास वा फेल जे भएपनि संसदीय प्रक्रियाबाट आएको नतिजा स्वीकार्ने सहमति जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);