गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्दैं | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्दैं

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज टुंगो लाग्दैछ ।

सोमबार दर्ता भएको अविश्वास प्रस्तावको टुंगो आज लाग्ने भएको हो । प्रस्तावमाथि आजको प्रदेशसभामा निर्णयार्थ मतदान हुने बताइएको छ ।

कोरोना भाइरसको परीक्षण नगरी अविश्वासको प्रस्तावमाथि मतदान हुन नदिने सत्तापक्षका सांसदहरुले विरोध गर्दै मंगलबारको बैठकमा अवरोध गरेपछि आज त्यसको तयारी गरिएको हो ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक भएपनि अविश्वासको प्रस्ताव पारित हुँदैन तर कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका सबै सांसदले अविश्वासको प्रस्तावको पक्षमा मतदान गरेमा गुरुङको सरकार ढल्ने देखिन्छ । तर, फ्लोर क्रसको सम्भावना माओवादी र जनमोर्चामा पनि देखिएको छ ।

गण्डकीमा जनता समाजवादी पार्टी र स्वतन्त्र सांसदले अविश्वासको प्रस्तावको पक्षमा मत दिने सम्भावना छ । माओवादी र जनमोर्चाबाट फ्लोर क्रस भएमा एमालेबाट पनि फ्लोर क्रस हुनसक्ने सम्भावना उत्तिकै छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३, जसपाका २ र १ जना स्वतन्त्र सांसद छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);