एमालेको सहयोग बिना पारित हुँदैन महाअभियोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एमालेको सहयोग बिना पारित हुँदैन महाअभियोग

काठमाडौं । सत्ता गठबन्धनले दार्ता गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव नेकपा एमालेको सहयोग विना पारित नहुने भएको छ । महाअभियोग दार्ता भए संगै निलम्बनमा परेका राणालाई लगाईउको महाअभियोगको भने एमाललेले विरोध गर्दै आएको छ । जसका कारण महाअभियो संसदबाट पारीत नहुने देखिएको छ । महाअभियोग पारित हुनुका लागि दुईतिहाइ चाहिन्छ । प्रतिनिधिसभामा २ सय ७५ सदस्य भए पनि संसदमा तत्काल कायम रहेको संख्याको दुईतिहाइ चाहिन्छ ।

हाल प्रतिनिधिसभामा २ सय ७१ जना सांसद रहेका छन् । प्रतिनिधिसभाबाट महाअभियोगको प्रस्ताव पारित हुन १ सय ८१ जना आवश्यक पर्छ । अहिलेसम्म सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीमात्रै प्रस्तावको पक्षमा देखिएका छन् । एमालेको साथ बिना अन्यदल महाअभियोगको पक्षमा भए पनि संसदबाट पास हुने देखिदैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);