संविधान संशोधनको गृहकार्यका लागि ५ सदस्यीय कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

संविधान संशोधनको गृहकार्यका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । सरकारले संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान संशोधनको गृहकार्य गठन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको हो ।

शुक्रबार जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरुको माग सम्बोधन गर्ने क्रममा कार्यदल गठन र नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्याउन सिफारिस गरेको बताए । नागरिकतासम्बन्धी अध्यादेशबारे भने सरकारका तर्फबाट केही भनाइ आएको छैन ।

कार्यदलमा सरकारका तर्फबाट खरेलसहित प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल छन् भने जसपाका तर्फबाट नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन् । जसपाले लामो समयदेखि राज्य पुनःसंरचना, समावेशिता र नागरिकतासम्बन्धी ऐन संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);