राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट बांडफाँड प्रतिवेदन अनुमोदन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट बांडफाँड प्रतिवेदन अनुमोदन

oli prachanda

काठमाडौं,८ माघ । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रिय सभा सदस्य निर्वाचनको सिट बांडफाँड सम्बन्धी कार्यदलको प्रतिवेदन अनुमोदन गरेको छ ।

राष्ट्रिय सभाको निर्वाचनमा ६७÷३३ को भागबण्डा गरी ४३ सिटमा उम्मेदवारी दिने गरी तयार पारिएको प्रतिवेदनलाई एकता संयोजन समितिको आइतबार बसेको बैठकले अनुमोदन गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा बसेको बैठकले नयाँ सरकारको प्राथमिकता तय गर्न नयाँ कार्यदल गठन गरेको छ ।

बैठकले चुनावी घोषणापत्रमा उल्लेखित विकास र समृद्धिको एजेण्डामा गृहकार्य गरी नयाँ सरकारको प्राथमिकता तय गर्न एमाले उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेका तर्फबाट भीम रावल, विजय पौडेल र युवराज खतिवडा तथा माओवादी केन्द्रका तर्फबाट गिरिराजमणि पोखरेल, वर्षमान पुन, र मीनबहादुर श्रेष्ठ सदस्य छन ।

बैठकले पार्टी एकताका लागि वैचारिक र सांगठनिक विषयमा थप छलफल आवश्यक रहेको भन्दै यी विषयमा स्पष्ट पार्ने जिम्मा दुई अध्यक्षलाई दिएको छ । बैठकमा दुई अध्यक्षबीचको थप छलफलपछि कार्यदल गठन गरेर एकताको प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);