पार्टी एकता गर्ने सहमतिलाई संयोजन समितिको बैठकले अनुमोदन गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पार्टी एकता गर्ने सहमतिलाई संयोजन समितिको बैठकले अनुमोदन गर्‍यो

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको पार्टी एकता गर्ने सहमतिलाई पार्टी एकता संयोजन समितिको बैठकले अनुमोदन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकता गर्ने दुई दलका शीर्ष नेतृत्वको सहमतिलाई अनुमोदन गरेको हो । आजै अपरान्ह घोषणा हुने एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ ।

पार्टीको केन्द्रिय कार्य समिति ४ सय ४१ सदस्यीय हुनेछ । त्यसैगरी त्यसको स्थायी समिति ४३ सदस्यीय हुनेछ । ४३ सदस्यीय स्थायी समितिमा एमालेको तर्फबाट २५ जना र माओवादी केन्द्रका तर्फबाट १८ जनाको नाम टुंगो लगाइएको छ।

पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका एमाले महासचिव ईश्वर पोखरेलले ९ सदस्यीय सचिवालय बनाउने सहमति गरिएको जानकारी दिए । जसमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

पार्टी एकता संयोजन समितिको सो निर्णय अनुमोेदन गर्न अहिले दुवै दलको छुट्टाछुट्टै केन्द्रिय समिति बैठक बसिरहेको छ । दुवै बैठक सम्पन्न भएपछि संयुक्त बैठक बसेर नयाँ पार्टी गठनको कामलाई औपचारिकता दिने एमाले महासचिव पोखरेलले बताए ।

अपरान्ह राष्ट्रिय सभा गृहमा पत्रकार सम्मेलनगरी पार्टी एकताको घोषणा हुनेछ । महासचिव पोखरेलका अनुसार निर्वाचन आयोगमा नयाँ एकीकृत पार्टीको दर्ता पनि आजै गरिनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);