बीपी कोइराला प्रतिष्ठानको समस्या समाधानका लागि सरकारद्वारा कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बीपी कोइराला प्रतिष्ठानको समस्या समाधानका लागि सरकारद्वारा कार्यदल गठन

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालयले कार्यदल गठन गरेको छ । प्रतिष्ठानका चिकित्सक, नर्सलगायतका कर्मचारीको तथा विद्यार्थीको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालयले शुक्रत्रबार ८ सदस्यीय कार्यदल तथा जाँचबुझ समिति गठन गरेको हो ।

प्रतिष्ठान शुद्धिकरण अभियानअन्तर्गत संयक्त संघर्ष समितिले सरकारलाई गत बुधबार ४८ घण्टे अल्टिमेटम दिएपछि प्रधानमन्त्री कार्यालयका मन्त्रिपरिषद्, संवैधानिक निकाय र आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

प्रतिष्ठानमा हुँदै आईरहेको राजनीतिक नियुक्ति, आर्थिक अनियमितता लगायतको विरोध गर्दै प्रतिष्ठान सुधारको माग गर्दै त्यहाँका कर्मचारीहरु झण्डै एक महिनादेखि आन्दोलनरत रहेका छन् । सरकारले आन्दोरनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधान गर्न सचिव डा. अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलले आजैबाट काम सुरु गर्ने गरी १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउने बताइएको छ । प्रतिष्ठानमा रहेका समस्याहरुको पहिचानसँगै त्यसको अल्पकालीन र दिर्घकालीन समस्या समाधानका लागि प्रतिवेदन तयार पारिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);