देउवालाई स्वागत गर्न भारतीय विदेशमन्त्री विमानस्थलमा | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

देउवालाई स्वागत गर्न भारतीय विदेशमन्त्री विमानस्थलमा

दिल्ली, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिन भारतीय विदेशमन्त्री सुष्मा स्वराज इन्दिरा गान्धी विमानस्थलमा पुगेकी छन्। प्रधानमन्त्री भएपछि पहिलो राजकीय भ्रमण स्वरुप भारत हिँडेका प्रधानमन्त्रीलाई स्वागत गर्न विदेशमन्त्री स्वराज विमानस्थल पुगेकी हुन्।

 

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आएका हुन्।

 

आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कने छन्।

ताजा समाचार