दिल्ली पुगे प्रधानमन्त्री देउवा, भारतीय विदेशमन्त्री सुष्मा स्वराजद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

दिल्ली पुगे प्रधानमन्त्री देउवा, भारतीय विदेशमन्त्री सुष्मा स्वराजद्वारा स्वागत

दिल्ली, ७ भदौ । पाँचदिनको भारत भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इन्दिरा गान्धी विमानस्थलमा स्वागत गरेकी छन्।

 

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आएका हुन्।

 

आज नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन्। भारतको राजकीय भ्रमण पूरा गरेर उहाँ यही भदौ ११ गते स्वदेश फर्कने छन्।