सरकारले भ्रष्टाचार र बेथितिलाई संस्थागत गरेको भन्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले भ्रष्टाचार र बेथितिलाई संस्थागत गरेको भन्दै प्रदर्शन

काठमाडौं, २८ बैशाख । मुलुकमा व्याप्त भ्रष्टाचार र वेथिति विरुद्ध शनिबार ललितपुरमा नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीले विदेशीलाई नागरिकता दिने काम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गरेका थिए ।

‘राष्ट्रिय अखण्डता रक्षा एवं भ्रष्टाचार अन्त्यको लागि नागरिक आन्दोलन गरौं’ लेखिएको प्लेकार्ड बोकेका सहभागीहरुले ललितपुरको जावालाखेल देखि लगनखेल बसपार्कसम्म प्रदर्शन गरेका थिए । लगनखेलमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नागरिक अभियन्ता प्रेमसिंह बस्नेतले विदेशीलाई नागरिकता दिने कार्य आफूहरुलाई स्वीकार्य नभएको बताउनुभयो ।

जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिन गृहमन्त्रालयले पत्राचार गरेपछि यसको सर्वत्र विरोध हँुदै आएको छ । यस बाहेक नागरिक अभियानताहरुले सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै वाइडवडी, बुढिगण्डकी, मेलाम्चीसहितमा भएका भ्रष्टाचार छानविनको मागसमेत गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);