आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न माग गर्दै प्रदर्शन

काठमाडौं, २५ माघ । आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ । महिला अधिकारकर्मीहरुले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्दै काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म  प्रदर्शन गरेका हुन ।

त्यस अवसरमा उनीहरुले आमाको कोखबाट जन्मिए पनि नागरिकता दिने व्यवस्था अझै सुनिश्चित गर्न नसकेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

महिला अधिकारको क्षेत्रमा कार्यरत संघ, संस्थाहरु सहभागी भएको सो विरोध प्रदर्शनमा नागरिकतामा समान अधिकार दिलाउन पनि आमाको नाममा नागरिकता पाउने व्यवस्था गर्न ढिलाई नगर्न भन्दै सरकारलाई दवाव दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);