नागरिकता लिन बाबुको पहिचानको प्रश्न: बाबु र आमामा मुख्य विभेद के ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नागरिकता लिन बाबुको पहिचानको प्रश्न: बाबु र आमामा मुख्य विभेद के ?

nagarikata

काठमाडौं, २५ साउन । आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिने स्पष्ट व्यवस्था सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकमा छैन ।
आमाको नामबाट नागरिकता लिने भए बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । कुनै पनि व्यक्तिले आमाको नामबाट नागरिकता लिने भए उसले वा उसको आमाले बाबुको पहिचानबारे स्वघोषणा गर्नुपर्ने छ । गृह मन्त्रालयले यो विधेयक संसद्मा पुर्याएको हो ।

गृह मन्त्रालयको कानुन महाशाखाका उपसचिव वशिष्ठ घिमिरेले आमाको नामबाट नागरिकता पाउने भन्ने स्पष्ट व्यवस्था विधेयकमा नराखेको स्वीकार गरे । उनले भने, ‘बुबा नभएमा मात्र आमाको नामबाट नागरिकता पाउने हो । बुबाको पहिचानबारे आमाले यसकारण बाबु छैनन् भन्ने कुरा उल्लेख गर्नुपर्छ ।’यो खबर आजको नयाँ पत्रिकामा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);