सार्कलाई सक्रिय बनाउन पहल गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

सार्कलाई सक्रिय बनाउन पहल गरिने

oli abbasi

काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई पुन सक्रिय बनाउनुपर्ने बताएका छन् । नेपाल भ्रमणमा सोमबार आएका पाकिस्तानी समकक्षी साहिद खकान अब्बासीसँग भेटघाटका क्रममा उनले सदस्य मुलुकहरूबीच हार्दिकता कायम गर्नुपर्नेमा जोड दिए ।

ओली सार्कका वर्तमान अध्यक्षसमेत हुन् । सन् २०१६ नोभेम्बरमा पाकिस्तानमा हुने तय गरिएको सार्क शिखर सम्मेलन भारत–पाकिस्तान मनमुटावका कारण रोकिएको थियो । कश्मीरको उरीमा भएको घटनालाई लिएर भारत पाकिस्तान जान नचाहेपछि बंगलादेश, भुटान, अफगानिस्तान र श्रीलंकाले भारतलाई साथ दिएका थिए । त्यसयता थप अवधि नेपालले नेतृत्व गर्दै आएको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आफ्नो कार्यकालमै सार्कलाई अघि बढाउन चाहेको र त्यसमा साथ दिन आग्रह गरेपछि ओलीले आफ्नो पनि चाहना सार्कलाई पूर्ववत् सक्रिय बनाउने रहेको बताएका हुन् । दुई प्रधानमन्त्रीको भेटघाटमा सहभागीका अनुसार १९ औं शिखर सम्मेलन जतिसक्दो छिटो गराउने विषयमा आफ्नो पनि पहल हुने ओलीले अब्बासीलाई आश्वासन दिए ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);