यसकारण खुल्दैछ २० अर्बको बै‌ंक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

यसकारण खुल्दैछ २० अर्बको बै‌ंक

bank

काठमाडौं, २२ फागुन । मुलुकमा अबको तीन महिनाभित्र हालसम्मकै ठूलो बैंक स्थापना हुने भएको छ ।  देशमा ठूला आयोजनामा लगानी गर्न नेपाल पूर्वाधार विकास बैंक’ चालु आर्थिक वर्षभित्रै स्थापना गर्न लागिएको हो । मन्त्रिपरिषद्ले २० अर्ब रुपैयाँ चुक्ता पुँजी रहने बैंक स्थापना गर्न गत आवको फागुनमा निर्णय गरेको थियो । बैंक स्थापना गर्न २० प्रतिशत पुँजी राष्ट्र बैंकलाई बुझाइसकेको अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीले जानकारी दिए ।

करिब डेढ महिनाअघि बैंक स्थापनाका लागि २० प्रतिशत रकम राष्ट्र बैंकलाई बुझाएको उनले बताए । ‘ठूला आयोजनामा लगानी गर्न चालू आर्थिक वर्षभित्रै पूर्वाधार विकास बैंक स्थापना हुन्छ’, उनले भने। पूर्वाधार विकास बैंकलाई सैद्धान्तिक सहमति दिन अझै ६ महिना लाग्ने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले बताए ।

ठूला आयोजनामा लगानी गर्न ठूलो बैंकको आवश्यकता महसुस गरी मुलुककै ठूलो बैंक अवधारणा अघि बढेको हो । गत आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत पूर्वाधार विकास विकास बैंक स्थापना गर्ने उल्लेख गरिएको थियो । चालू आवको बजेटमा पनि सरकारले आर्थिक वर्षभित्र पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिबद्धता जाहेर गरेको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);