अफगानिस्तानका सेना प्रमुख बर्खास्त, तालिबानलाई नियन्त्रण गर्न हिबतुल्लाह नयाँ सेना प्रमुख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफगानिस्तानका सेना प्रमुख बर्खास्त, तालिबानलाई नियन्त्रण गर्न हिबतुल्लाह नयाँ सेना प्रमुख

एजेन्सी । विद्रोही समूह तालिबानले अफगानिस्तानका प्रान्तीय राजधानीमा श्रृङ्खलाबद्ध रूपमा कब्जा जमाउन थालेपछि सेना प्रमुख बर्खास्त भएका छन् । अफगान सरकारले त्यहाँका सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो ।

त्यहाँको रक्षा मन्त्रालयका अनुसार तालिबानको गतिविधि बढ्दै गए पछि सेना प्रमुख वलीलाई हटाएर हिबतुल्लाह अलिजइलाई ल्याइएको छ । २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको समयमा नवनियुक्त सैन्य प्रमुखलाई तालिबानका गतिविधिलाई परास्त गर्नुपर्ने चुनौती रहेको छ ।

तालिबानले अहिलेसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीलाई नियन्त्रणमा लिइसकेको जनाएको छ । भने कान्दाहारलाई पनि कब्जा गर्ने प्रयास स्वरुप भीषण सङ्घर्ष भइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै अफगानिस्तानको उत्तरी सहर मजार–ए–सरिफ पनि आक्रमणको चपेटामा परेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);