अफगानस्तिानकाे प्रान्तीय राजधानी जारान्ज तालिवान विद्रोहीद्वारा कब्जा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अफगानस्तिानकाे प्रान्तीय राजधानी जारान्ज तालिवान विद्रोहीद्वारा कब्जा

एजेन्सी । अफगानिस्तानको दक्षिण पश्चिममा रहेको निमरोज प्रान्तको राजधानी जारान्ज तालिबान विद्रोहीले कब्जा गरेको छ ।

केहिदिनको संर्घषपछि तालिवान विद्रोहीले निमरोज प्रान्तको राजधानी जारान्ज नियन्त्रणमा लिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो समय अफगानीस्तानका विभिन्न क्षेत्र नियन्त्रणमा लिइरहेको तालिबानले कुनै प्रान्तको राजधानी कब्जा गरेको यो पहिलो अवसर हो । जारान्ज इरानको सीमामा रहेको मुख्य व्यापारिक केन्द्र मानिन्छ । तालिबानले ट्वीटरमार्फत सहरमा विजयी हासिल गरेको दावी गरेको छ ।

अफगान सरकारले भने आधिकारिक रुपमा यसलाई स्वीकार गरेको छैन । अफगानीस्तानबाट अमेरिकी सेना फिर्ता हुन थालेसंगै तालिबान बिद्रोहीहरुले तीव्र गतिमा मुलुकका विभिन्न क्षेत्रमा कब्जा जमाइरहेका छन् ।

ग्रामिण क्षेत्रमा प्रभाव जमाइसकेको तालिबानले यतिबेला देशका मुख्य सहरहरुलाई निशाना बनाइरहेको छ । पश्चिममा रहेको हेरात र दक्षिणमा रहेको लश्कर गाहमा पनि तालिबान र सरकारी फौजबीच भिडन्त जारी रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);