बेलायतका अनुसन्धानकर्ताहरु भन्छन् पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बेलायतका अनुसन्धानकर्ताहरु भन्छन् पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छ

एजेन्सी । वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन् । खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ । तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ ।’

द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ । सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६२१ जनालाई सहभागी गराइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);