रसुवामा फेरि देखियो कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

रसुवामा फेरि देखियो कोरोना संक्रमण

रसुवा । रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ ।  १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो । गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए ।  

स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय २७ जनाको कोरोना परीक्षण गरिएकोमा एक हजार तीन सय २७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये एक हजार तीन सय २३ जना संक्रमणमुक्त भएका छन् भने चार जना अहिले होम आइसोलेसनमा छन् । 

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रसुवाको तथ्यांक छ । जिल्लामा आइसियु, भेन्टिलेटर लगायतका अत्यावश्यक उपकरणको सुबिधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);