नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नक्कली किसानको चेपुवामा छन् सक्कली किसान : सिंह

महोत्तरी । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव नम्रता सिंहले सक्कली किसानहरू उपेक्षामा परेको बताएकी छिन् । सरकारले सक्कली किसानलाई पहिचान गर्न नसक्दा नक्कली किसानले फाइदा लिइरहेको सचिव सिंहको जिकिर छ ।

मन्त्रालयले बर्दिबासमा आयोजना गरेको कृषि पत्रकारितासम्बन्धी अभिमुखिकरणमा सचिव सिंहले भनिन्, ‘सक्कली किसानको मार्कालाई मिडियाले उजागर गर्नुपर्छ ।’ सरकारले घोषणा गरेको किसान परिचयपत्र समेत अलपत्र परेको बताउँदै मधेश प्रदेशमा यसलाई तत्काल कार्यान्वयन गर्नुपर्ने सिंहको जोड छ ।

प्रशोधक मिडियाको सहकार्यमा मधेश प्रदेशका आठै जिल्लाबाट सहभागी पत्रकारलाई कृषि पत्रकारिताका प्रावधिक पक्षमा स्पष्ट हुन पनि मन्त्रालयका कृषि विज्ञहरूले सुझाव दिए ।

वरिष्ठ कृषि, अर्थविज्ञ तथा मन्त्रालयका प्रवक्ता ललनकुमार सिंहले कृषिसम्बन्धी सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्ने प्रावधिक पक्षको विषयमा जानकारी गराए । देशलाई समृद्ध बनाउनदेखि अर्थउपार्जनमा समेत कृषि क्षेत्र महत्वपूर्ण भएको हुनाले प्रवक्ता सिंहले कृषि पत्रकारितालाई फराकिलो बनाउन आग्रह गरेका छन् ।

बर्दिबासको एक होटलमा आयोजना भएको उक्त अभिमुखिकरण कार्यक्रममा प्रशिक्षकको भूमिकामा भने वरिष्ठ पत्रकार अनिलकुमार कर्णले सहजीकरण गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);