अध्यक्ष ओली नक्कली एमाले हामी सक्कली एमाले : नेता नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

अध्यक्ष ओली नक्कली एमाले हामी सक्कली एमाले : नेता नेपाल

नवलपरासी । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा नक्कली एमाले भएको बताएका छन् ।

पूर्वी नवलपरासीको कावासोतीमा मंगलबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले अध्यक्ष शर्माको एमाले नक्कली र आफूहरुको एमाले सक्कली भएको दाबी गरेका हुन् ।

नेता नेपालले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न खोजेको आरोपसमेत लगाएका छन् । अध्यक्ष ओलीले कार्यकर्ता भावना बुझ्न नसकी जे मन लाग्यो त्यही गरेर कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न लागेको नेता नेपालको दाबी छ ।

नेता नेपालले कोरोनाले जनताको अवस्था नाजुक बनाएको टुटुटुलु हेरेर प्रधानमन्त्री ओली विदेशी शक्तिलाई खुसी पारेर सत्ता टिकाउन लागि परेको समेत आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);