माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागे : ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

माधव नेपालले जनआन्दोलनको उपलब्धी नोक्सान गर्न लागे : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नेकपा ९एकीकृत समाजावादी० अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् ।

‘सुरुदेखि नै एमाले फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);