संसदमा टेबल भएपछि परिस्थिती हेरेर एमसीसीको बारेमा निर्णय गर्छौ : विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

संसदमा टेबल भएपछि परिस्थिती हेरेर एमसीसीको बारेमा निर्णय गर्छौ : विष्णु पौडेल

बिमल क्षेत्री
रुपन्देही । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी अनुदान मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा संसदमा टेबल भएपछि मात्र एमालेले परिस्थिती हेरेर निर्णय लिने बताएका छन् ।

नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटिको बैठक पछि बुधवार बिहान प्रेस चौतारीले बुटवलमा आयोजना पत्रकार सम्मेलनमा बोल्दै पौडेलले एमसीसीको बारेमा सरकारको गतिविधि पछि उचित निर्णय लिने जानकारी दिएका हुन् । उनले सरकारमा रहेका दलहरु बीच एमसीसीबारे एकमत नभएको भन्दै पौडेलले राष्ट्रिय हितलाई अघि सारेर एमालेले निर्णय गर्ने बताए ।

पौडेलले लुम्बिनीमा एमाले विभाजित नभएको दाबी गरे । विभाजनको कथित प्रयासलाई नाकाम बनाएको भन्दै उनले सर्पले काँचुली फेरेजस्तै केही पार्टीले काँचुली मात्र फेरेको जिकिर गरे । माधव नेपालले एमाले विभाजन गर्नु दाजुभाइसँग रिस उठेर आमामाथि बन्चरो प्रहार गरेजस्तै भएको पौडेलले टिप्पणी गरे ।

कानून बमोजिम एमाले विभाजन गर्न नसकेपछि अध्यादेश ल्याएर विभाजन गरिएको पौडेलले बताए । आउँदो चुनावमा एमालेले २०७४ को भन्दा राम्रो नतिजा ल्याउने पौडेलको दाबी छ । एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले दलको कार्यकर्ताको रुपमा भूमिका निभाएको आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);