जनतालाई धोका दिनुभन्दा त माओवादी विघटन गरौं : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जनतालाई धोका दिनुभन्दा त माओवादी विघटन गरौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई धोका दिनुभन्दा माओवादी पार्टी नै विघटन गर्नु उपयुक्त हुने बताएका छन् ।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३ औं स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले क्रान्ति गर्छौं भनेर पार्टीका नेता तथा कार्यकर्ताहरू प्रतिक्रान्तिमा लाग्न नहुने बताए । ‘क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरौं भन्ने हो। गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै गए भयो त, जानुभयो त हाम्रा केही साथीहरू।’,उनले भने ।

एमालेले मदन भण्डारीलाई ‘लोगो’का रूपमा देखाए पनि भण्डारीको हत्या गर्नेहरू पत्ता लगाउन उत्तराधिकारी भन्नेहरूले नै चासो नदेखाएको आरोप अध्यक्ष प्रचण्डको छ ।

माओवादीको चरित्र क्रान्ति र परिवर्तन गर्न सक्ने भएकोले एमाले र कांग्रेसजस्तो माओवादी हुन नसक्ने अध्यक्ष प्रचण्डको भनाई छ ।

अध्यक्ष प्रचण्डले एमालेजस्तै हुने हो भने त माओवादी पार्टीको आवश्यकता र औचित्य नै नरहेको प्रष्ट पारे । उनको अभिव्यक्ति निराश बांड्न भने नभएको उनले बताए । पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको प्रचण्डको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);