एजेन्सी, १३ चैत । चीन र रसियाका विदेशमन्त्रीले पश्चिमी मूलुकद्वारा गरिएको प्रतिबन्धको निर्णय चर्को आलोचना गरेका छन् । अमेरिकाको हस्तक्षेपकारी नीति विरुद्ध दुबै देशले आपत्ती जनाएका हुन् ।
चिनीया प्रधानमन्त्री वाङ्ग ई र रसियाका कुटनितिज्ञ सर्जे लाब्रोभले पश्चिमी मुलुकको नीतिको विरोध गरेको जनाएका छन् । ब्रिटेन, युरोपियन युनियन, अमेरिका र क्यानडाले चीनको पश्चिमी शिनजियाङ्ग क्षेत्रका उइगर मुसलमान समुदायको मानवअधिकार हननको विषयलाई लिएर चीनको आलोचना गरेको प्रतिक्रिया स्वरुप चीनको यस्तो भनाई आएको हो ।
योसगैँ युरोपियन युनियन र बेलायतले चिनमाथि लिएको प्रतिबन्धको नीतिलाई विदेशमन्त्री वाङ्गले एकतर्फि बताउदै यसको विरोधमा सबै मुलुकहरु एकै साथ हुनु पर्ने र यस्ता नीतिहरु अन्तरराष्ट्रिय समुदायमा मान्य नहुने उहाँको भनाई थियो ।
वाङ्गले अहिले आफूहरु मुलुकमा जलवायु परिवर्तन र कोरोना भाईरस महामारीजस्ता विषयमा काम गरिरहेका पनि बताएका छन् ।




