इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु

एजेन्सी, १४ चैत । इजिप्टमा रेल दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ ।

राजधानी कायरोदेखि ४ सय ७६ किलोमिटर टाढा दक्षिणी क्षेत्रमा पर्ने सोहाग प्रदेशमा भएको उक्त दुर्घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुई रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

लुक्सोरबाट अलेक्सान्ड्रया तर्फ जाँदै गरेको र कायरोबाट अस्वान तर्फ जाँदै गरेको रेल एक आपसमा ठोक्किएको ऋन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई स्थानीय र नजिकैका विभिन्न अस्पतालमा उपचार गराइएको छ ।

दुर्घटनाका बारेमा अनुसन्धान गर्न सरकारले प्राविधिक समिति बनाएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);