चीनले दक्षिणी चिनियाँ सागरमा प्रभुत्व जमाएको भन्दै अमेरिकाको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चीनले दक्षिणी चिनियाँ सागरमा प्रभुत्व जमाएको भन्दै अमेरिकाको आपत्ती

trump-soleimani

एजेन्सी, ३० असार । चीनले दक्षिणी चिनियाँ सागरमा प्रभुत्व जमाएको भन्दै अमेरिकाले आपत्ती जनाएको छ । चीनले सो क्षेत्रमा धमाधम सैनिक संरचना र कृत्रिम द्वीप निर्माण गर्न थालेपछि अमेरिकाले अपात्ती जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी बिदेशमन्त्री माइक पोम्पियोले दक्षिणी चिनिया सागर नियन्त्रण गर्ने चीनको प्रयास गलत र आक्रमक भएको भन्दै आपत्ती जनाउनु भएको छ । उहाँले चीनले निर्माण कार्य तत्काल नरोके अन्तराष्ट्रिय कानुनी उपचार खोज्ने चेतावनी समेत दिनुभएको छ ।

चीनले दक्षिणी चिनिया सागरमा बिबादित द्धीप आफनो भएको दाबी गर्दै त्यहाँ सैन्य संरचना निर्माण शुरु गरेपछि अमेरिकी बिदेशमन्त्री पोम्पियोको यो भनाई सार्वजनिक भएको हो ।

उक्त द्वीप माथि ताइवान, फिलीपिन्स, बु्रनाई, मलेशिया, इन्डोनेशिया र भियतनामले पनि दाबी गर्दै आएका छन । सदियौंदेखि बिबादास्पद रहेको सो क्षेत्रमा चीनले सैनिक अखडा बनाउन थालेपछि बिवाद चुलिएको हो ।

अमेरिकी बिदेशमन्त्री पोम्पियोले विवादास्पद सो क्षेत्रको दाबी गर्र्ने कसनै पनि मुलुकको समर्थनमा नरहेको स्पष्ट गर्दै चीनलाई निर्माण कार्य तत्काल रोक्न आग्रह गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);